मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीको सुरमा युवकको हत्या

मङ्गलबार, २१ मङ्सिर २०७८, १८ : ४९
मङ्गलबार, २१ मङ्सिर २०७८

मादक पदार्थ सेवन गरी रौतहटको उतरिभेग चन्द्रपुर नगर क्षेत्र अन्तर्गत  एक जना युवकको हत्या गरिएको छ । चन्दपुर नगरपालिका–१ मंगलपुरका २८ वर्षीय गोपाल थिङ्गलाई धारिलो सिसाले काटेर हत्या गरेको प्रहरीले बताएको  छ ।

 हत्या संलग्न रहेको आशङ्कामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रवीन्द्र थिङ्ग,र काठमाडौँ घर भई केही दिन अघि आफन्त भेट्न आएका उनको को मामा  पर्ने ३९ वर्षीय आशिष् पाख्रिन रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका  छन् ।

उनीहरूले मादक पदार्थ सेवन गरी कुटपिट गरी घरको झ्यालमा प्रयोग हुने तीखो सिसाले काटेर हत्या गरेको हुनसक्ने  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुबै जना नियन्त्रणमा रहेको तथा  घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप