सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनाङका प्रशिक्षक फुजा नेपाल आइपुगे

मङ्गलबार, २१ मङ्सिर २०७८, १८ : २६
मङ्गलबार, २१ मङ्सिर २०७८

आठौँ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार नाईजेरियन नागरिक फुजा नेपाल आइपुगेका हुन् । मनाङले यस सिजनका लागिसमेत प्रशिक्षक फुजासँग सम्झौता नवीकरण गरेको थियो । 

तर, लिग नभएपछि उनी गृहनगर रहँदै आएका थिए । लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल झिकाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन । ​फुजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र टिम कोर्डिनेटर मिलन गुरुङ (ज्याक) ले स्वागत गरे ।  

जारी लिगमा मनाङले तीन खेल खेल्दा टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ छन् । फुजाको आगमनपछि पनि मनाङको मुख्य प्रशिक्षकमा भने तामाङ नै रहनेछन् । ​फुजाले पछिल्लो दुई सिजनसमेत मनाङकै प्रशिक्षक रहेर काम गरेका थिए । २०७५ सालको लिगमा मनाङले कीर्तिमानी आठौंपटक लिग जित्दा फुजा टोलीको मुख्य प्रशिक्षक थिए ।

यद्यपि, उनी ‘ए’ लाइसेन्स नभएका कारण पेपरमा ‘हेड कोच’ नभए पनि टोलीको मुख्य रणनीतिकारका रूपमा परिचित छन् । यस्तै मनाङले २०७७ सालको लिगमा समेत फुजालाई नै निरन्तरता दिएको थियो । 

यसअघि नेपालमा भएको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा उपविजेता धनगढी एफसीको प्रशिक्षक तथा रणनीतिकारको रूपमा फुजा नै थिए । मुख्य प्रशिक्षकमा भने युगल किशोर राई रहे । जारी लिगमा दुई जित र एक बराबरसहित मनाङ ७ अंक जोडेर दोस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप