शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

मङ्गलबार, २१ मङ्सिर २०७८, १६ : २७
मङ्गलबार, २१ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा १८५ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये १५ महिला र ८ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १९, स्याङ्जा १, पर्वत २ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८ हजार ६० पुगेको छ । 

गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४२१ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबीस घण्टामा १० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ४४४ पुगेको छ भने होम आइसोलेसनमा १४७ जना रहेका छन् । त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १९५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप