वेस्टर्न युनियन क्यास उत्सवका विजेता घोषणा, मस्तकलाले जितिन् पाँच लाख
कम्पनी वेस्टर्न युनियनले चलाएको दशैँ, तिहार र छठलक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् ।
विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता पाँच भाग्यशाली विजेताहरुले २० हजार रुपैयाँ जितिसकेका छन् ।
नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सहायक एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
-
फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
-
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
-
महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले गरेन जसपा नेपाललाई अद्यावधिक