सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभल स्थगित
मङ्गलबार, २१ मङ्सिर २०७८, १५ : ०९
सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभललाई स्थगित भएको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै सिक्किम सरकारले फेस्टिभललाई स्थगित गरेको हो । सिक्किम राज्यको संचार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण फेस्टिभल स्थगित गरिएको जानकारी दिएको छ । सुचनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले फेस्टिभललाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।
फेस्टिभल डिसेम्बर १० देखि १४ सम्म आयोजना हुन लागेको थियो । फेस्टिभलमा भाग लिन दुईदर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो । मुम्बई र नेपाली चलचित्रकर्मीको फेष्टिभलमा सहभागी रहने तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री श्रेष्ठले त्रिविका उपकुलपतिलाई दिइन् धन्यवाद
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए