शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

जर्मन पार्टी प्यालेसमा एमाले बैठक बस्ने

मङ्गलबार, २१ मङ्सिर २०७८, १५ : ००
मङ्गलबार, २१ मङ्सिर २०७८

 नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने पार्टी सचिव पद्मा अर्यालले बताइन् ।  सचिव अर्यालका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । 

महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो । एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटीलगायतका बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा राख्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटीको संख्या बढेर ३०१ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले बैठक भक्तपुरमा बस्न लागेको सचिव योगेश भट्टराईले रातोपाटीलाई जानकारी दिए । केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप