यस वर्ष ढोरपाटनमा चुके सिकारी
ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।
यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिरोक्यो सिकारको लागि आएनन् ।
उनले हिमालयन वाइल्ड आउट फिटरमार्फत सिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै सिकारको लागि नआएको फिटरका सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिए । उनले सुन दह सिकार ब्लकमा एक नाउर र एक झारल सिकार गर्ने अनुमति लिएका थिए ।
यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेन ब्लकमा एक नाउरको सिकार गरे पनि फागुने ब्लकमा एक झारलको सिकार गर्न सकेनन् ।
हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे । मेक्सिनक नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर मारे पनि झारल भने मार्न सकेनन् ।
ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई सिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरेका थिए । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिए । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको सिकार गरेका थिए ।
चेक रिब्लिकन नागरिक रोमनले सुन दह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा सिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा ४१ वर्षीया महिलामाथि जबरजस्ती करणी
-
कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
पोखरामा आज पनि एमालेको प्रदर्शन, विशेष नगरसभा माग
-
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
-
सत्ता पक्षका नेता उद्धव थापालाई गैरकानुनी रूपमा गाडी सुविधा दिने निर्णय
-
आँखाको स्वास्थ्यको लागि पिस्ता