काँग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै
नेपाली काँग्रेसको १४औँ महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।
काँग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस आधारमा झन्डै आठ हजार काँग्रेसका नेता कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन् । मुलुक संघीयतामा गएपछि काँग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ । पहिलोपटक काँग्रेसले प्रदेश संरचनाको अधिवेशन पनि गरेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ ।
६१ वटा जिल्ला र ६ वटा प्रदेशमा नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेस केन्द्रीय महाधिवेशनमा जुटेको हो । काँग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ । कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन् । काँग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ । कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन् ।
काँग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचनमार्फत आउने छन् । काँग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ । केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् । १३औँ महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए । यसपटक १० जना थपिएको छ ।
यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबाट नौ, खस-आर्यबाट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक गरी एक सय ३४ जनाको निर्वाचन हुनेछ ।
केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी-सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे