शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : ३७
मङ्गलबार, २१ मङ्सिर २०७८

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

प्रदेश २ को अति नै महत्वाकांक्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपति नियुक्त गरेका छन् ।

नवनियुक्त उपकुलपति डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन् । सिरहाको मिर्चैया नगरपालिका– २ का डा. महतोलाई विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका छन् ।

उपकुलपति नियुक्त गरिए पनि कृषि विश्वविद्यालयको भौतिक संरचनाको अझैसम्म अत्तोपत्तो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप