मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ
मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : २८
![मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/Mosa_7_Chori_8.21_2078__n48eeOfq2C.jpg)
मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेर ट्राफिक प्रहरी महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भएका नर कुमार पुडासैनी, जुम्लाका पुन्दलाल बुढा, बारा घर भएका रन्जित प्रसाद गुप्ता, काठमाडौंका सन्तोष महर्जन र रौतहट घर भएका ज्ञानेन्द्र चौधरी छन् । रौतहट घर भएका ३२ वर्षीय रवि कुमार कुशवाहा र उदयपुरका कमल बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुरको ढाल्पा ग्यारेजबाट पक्राउ परेका २२ वर्षीय रन्जित प्रसाद गुप्ता मोटरसाइकल वर्कशप संचालक हुन् । आरोपीहरुको साथबाट ८ थान चोरीका मोटरसाइकल बरामद गरिएको ट्राफिक महाशाखाका एसपी संजिव शर्मा दासले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार