शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : ०९
मङ्गलबार, २१ मङ्सिर २०७८

झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाइकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा इलाम सूर्योदय नगरपालिका-९ बस्ने २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन् । झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरी गरेको मे.६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत झापाबाट ७ दिन  म्याद थप गरी आवश्यक कानुनी कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप