शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट

मङ्गलबार, २१ मङ्सिर २०७८, १२ : ४८
मङ्गलबार, २१ मङ्सिर २०७८

डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोस्थित टेलिपोर्टबाटसेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको जानकारी दिएको छ । 

कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरिएको कम्पनीले जनाएको छ । छ्यासीकोटमा रहेको डिशहोमको स्टेशनबाट फाइबर केबलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पु¥याइनेछ । नयाँ पोर्टबाट टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरेपछि प्रशारण गर्न सकिने डिसहोमको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप