शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकमा बचत गर्नेलाई के–के छन् सुविधा ?

सर्वश्रेष्ठ बचत खातामा २४ फाइदा : बैंक
मङ्गलबार, २१ मङ्सिर २०७८, १० : ०३
मङ्गलबार, २१ मङ्सिर २०७८

बैंकहरूले आफ्ना ग्राहकहरूलाई बचतमा निकै आकर्षक फाइदा दिइरहेका छन् । एनआइशी एशिया बैंकले भने बचत खातामा ब्याजदरमात्रै नभएर अन्य फाइदाहरू समेत दिइरहेको छ । ग्राहकको आवश्यकतालाई समेत ख्याल गरी बैंकले नयाँ नयाँ प्रोडक्टहरू ल्याउने गरेको छ । सोही क्रममा बैंकले सर्वश्रेष्ठ बचत खाता नामक नयाँ निक्षेप प्रोडक्ट ल्याएको छ । यस प्रोडक्मार्फत ग्राहकले २४ वटा अतुलनीय तथा असिमित फाइदाहरू पाउँनेछन् ।

के–के छन् २४ फाइदा ?

बैंकले २४ औं वार्षिकोत्सवका अवसरमा सर्वश्रेष्ठ बचत खातामा २४ फाइदाहरू बीमा सम्बन्धी तीन वटा, कर्जा सम्बन्धी तीन वटा र थप अन्य १८ फाइदाहरू समेत बैंकले ग्राहकका लागि उपलब्ध गराएको छ । सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक ब्याजदरका साथमा बीमाका फाइदा साथै अन्य अतुलनीय फाइदाहरू रहेका छन् ।

बैंकिङ क्षेत्रमै बीमामा धेरै फाइदा दिने एनआईशी एशिया एक हो । बैंकले ल्याएको यस खातामा १० लाख रुपैयाँसम्मको १८ वटा विभिन्न घातक रोगको बीमा, १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा रहेको छ । यो खाता खोलेका ग्राहकलाई ओपीडीमा मात्रै २० हजार रुपैयाँको बीमा उपलब्ध छ । जुन बैंकिङ क्षेत्रकै धेरै फाइदा हो । सोही अनुसार बैंकले विगत दुई वर्षमा ल्याएको विभिन्न खातामा हालसम्म बीमाबाट ६५५ ग्राहकहरूलाई ३ करोड ९५ लाख रुपैयाँ भन्दा बढि फाइदा दिइसकेको छ ।

कर्जामा पनि सुविधा

एनआईसी एशिया बैंकले कर्जातर्फ तीन आकर्षक फाइदा प्रदान गरेको छ । जस अन्तगर्त औसत मौज्दातको १० गुणासम्म पूर्व स्वीकृत कर्जा सुविधा, कर्जाको ब्याजदरमा बेस रेट प्लस १ प्रतिशतमात्रै प्रिमियम र प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत रहनेछ । बैंकले सार्वजनिक गरेको यस कर्जा सुविधाले  बैंकिङ क्षेत्रकै पहिलो र ग्राहकका लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । मानौं, तपाईंको तीन महिनाको औसत बचत १० लाख रुपैयाँ छ भने सो बचतको १० गुणाले हुन आउने एक करोड रुपैयाँ कर्जा पूर्व स्वीकृति कर्जा लिन पाउनु हुनेछ । यदि तपाईंको बचतको १० गुणा भन्दा धेरै लिनु परेको अवस्थामा पनि बैंकले प्रचलित ब्याजदर र राष्ट्र बैंकले तोकेको प्रक्रिया साथै आन्तरिक नीति पूरा गरी कर्जा सुविधा उपलब्ध गराउँछ । ३ महिनाको औसत बचत १० लाख रुपैयाँ छ तर ग्राहकलाई १ करोड ५० लाख रुपैयाँ आवश्यकता परेको छ भने १ करोड रुपैयाँ विशेष पूर्व स्वीकृत कर्जाको सहुलियतमा र बाँकी ५० लाख रुपैयाँ प्रचलित ब्याजदर र राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी उपलब्ध गराउनेछ । अहिले बैंकिङ क्षेत्रमा तरलता समस्या छ । हालको तरलता समस्या भएको अवस्थामा कतिपय बैंकहरूले बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिने गरेका छन् । यस्तो अवस्थामा एनआईशी एशियाको यो योजना ग्राहकहरूका लागि निकै लाभदायी हुने देखिन्छ ।

एनआईशी एयिश बैंकले दिने अर्को अतुलीनय फाइदा भनेको स्वीप इन–स्वीप आउट समेत हो । बैंकिङ्ग क्षेत्रकै नवीन र उत्कृष्ट सुविधा अन्तर्गत स्विप इन–स्विप आउटमा बचत खाता र मुद्दती खाता दुवैको गुणहरू समाहित गरेको एक उच्चतम फाइदा हुने सर्वाेत्कृष्ट फाइदा हुनेछ । जसमा बचत खाताको जस्तै चाहेको समयमा बैंकबाट आफ्नो रकम निकाल्न सकिनेछ भने खातामा जम्मा भइरहँदा मुद्दती निक्षेपको उच्च ब्याजदर प्राप्त हुनेछ । स्विप इन–स्विप आउट सुविधा बैंकको सर्वश्रेष्ठ बचत खाताका एम्बेसडर श्रेणीमा रु. २ लाखभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रु. १०,००० को गुणनमा तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा सर्वाधिक उच्च १०.०५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्न सकिन्छ । एउटा बचत खाता खोल्दा पनि मुद्दती खाता सरह ब्याजदर प्राप्त गर्न सकिन्छ ।

एनआइसी एशियाका आफ्नै ४७३ वटा एटीएम मेसिनहरू छन् । यतिमात्र होइन नेपाल भर ४ हजार भन्दा बढि एटिएमबाट रकम निकाल्दा समेत सर्वश्रेष्ठ खाता योजनाका ग्राहकलाई शुल्क लाग्नेछैन । धेरै वाणिज्य बैंकहरूले कार्ड प्रयोगमा पहिलो वर्षमात्रै निःशुल्क सेवा दिने गरेका छन् । तर एनआईसी एशिया बैंकले ५ वर्षका लागि डेबिट कार्ड र मोवाइल तथा इन्टरनेट बैंकिङ निःशुल्क सुविधा दिनेछ ।

चेक क्लियरिङ, कनेक्ट आईपीएस लगायतमा स–साना रकम हाम्रो खर्च भइरहेको हुन्छ । यो स–साना रकम हिसाब गर्ने हो भने ठूलो हुन आउछ । तर यस्ता धेरै शुल्कहरू एनआईसी एशिया बैंकले निशुल्क उपलब्ध गराउनेछ । कनेक्ट आईपीएस तथा चेक क्लियरिङ निःशुल्क, डिम्याट सेवामा लाग्ने शुल्क पुरै छुट, इकमर्स सञ्चालन शुल्क निःशुल्क सहितका २४ फाइदाहरू ग्राहकले पाउनेछन् । 

ब्याजबाहेक नै ३.३९ गुणा धेरै फाइदा

एनआइशी एशियाले सर्वश्रेष्ठ बचत खातामा दिने सुविधाहरूको मात्रै हिसाब गर्ने हो भने ३ लाख ३९ हजार रुपैयाँ भन्दा धेरै ग्राहकले फाइदा पाउनेछन् । न्युनतम ब्यालेन्स १ लाख रुपैयाँमात्रै हुँदा पनि एनआइशी एशिया बैंकबाट यसको ३३९.१९ प्रतिशत बढी फाइदा लिन सकिनेछ । बचत खातामा आफ्नो ग्राहकरुलाई यसरी सुविधा दिनेमा अन्य बैंकहरू पनि छन् । तर बैंकिङ क्षेत्रमै तुलना गर्दा पनि सबैभन्दा धेरै अतुलनीय सुविधा दिने एनआइशी एशिया बैंक हो । जस्तो हिमालयन बैंकले एक्सक्लुसिभ प्रिभिलेज सेभिङ भन्ने प्रोडक्ट ल्याएको छ जहाँ न्युनतम ब्यालेन्स ५ लाख हुनुपर्छ । ब्याजदर भने एनआइसी एशिया जति नै ७.०५ प्रतिशत दिने उल्लेख गरेको छ ।

यहाँ कुल फाइदा हिसाब गर्ने हो भने १ लाख १२ हजार १५२ रुपैयाँ हुन आउँछ । यो भने ११.२२ गुणा फाइदा हो । अर्को ग्लोबल आइएमई बैंकको ग्लोबल हाइब्रिड बचत खातामा पनि जम्मा ९६ हजार ६ सय ५० रुपैयाँ अर्थात ९.६७ प्रतिशतमात्रै सुविधा पाउने उल्लेख छ । एनएमबि, सिटिजन्स, एनबीबी, नेपाल बैंक लगायत अन्य बैंकहरूको पनि ५ देखि ८ गुणासम्ममात्रै बढी फाइदा लिन सक्नेछन् ग्राहकले तर इन्डष्ट्रीमा नै धेरै एनआईसी एशिया बैंकले ग्राहकलाई फाइदा दिनेछ ।

बैंकिङ क्षेत्र भर्सेस एनआईसी एशिया

अहिले बैंकिङ इन्डष्ट्रीमा कुन बैंकले बचत खातामा कति सुविधा दिइरहेका छन् भनेर तुलना गर्दा पनि एनआइशी एशियाले दिने फाइदाहरू निकै धेरै र अतुलनीय छन् । जस्तो बीमाकै फाइदाहरू हेर्दा पनि नबिल बैंकले ३ लाख ७५ हजार रुपैयाँसम्म बीमा सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ तर   मेडिकल बीमा उपलब्ध छैन । सिद्धार्थ बैंकले दुर्घटना वा मेडिकल बीमा गर्ने विषयमा खुलाएको छैन । सानिमा बैंकले दुर्घटना र मेडिकल इन्स्यारेन्स उपलब्ध गराउँदैन ।

नेपाल बंगलादेशले दुर्घटना बीमा ५ लाखसम्मको उपलब्ध गराउँछ भने दुर्घटना बीमा छैन । सनराइजले ५ लाखको दुर्घटना बीमा  र एक लाखको मेडिक बीमा गरिदिनेछ भने सिभिलले ५ लाखको दुर्घटना बीमा र ५ हजारको मेडिकल बीमा गर्नेछ । एनसीसी बैंकले जम्मा १० हजारको मात्रै मेडिकल बीमा गर्ने उल्लेख गरेको छ । एनआईसी एशिया बैंकले भने दुर्घटना १० लाख, १८ घातक रोगको १० लाख र १ लाखको मेडिक गरी २१ लाखको बीमा सेवा प्रदान गर्छ । यति धेरै फाइदा एनआइशी एशिया बैंकको मात्रै हो । अन्य बैंकहरू कुनैको पनि एनआईसी एशियाको जति छैन ।

बचत खाताका ग्राहकलाई सिद्धार्थ बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक लगायतले कर्जा सम्बन्धी सुविधा दिने उल्लेख गरेका छैनन् । तर एनआइशी एशियाले बैंकिङ क्षेत्रमै नौलो फाइदा स्वरुप ३ महिनाको औसत निक्षेपको दश गुणा धेरै प्रिअप्रभु कर्जा सुविधा दिने बताएको छ ।

अब ब्याजदरको कुरामा पनि सिद्धार्थ बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक लगायतले कुनै सुविधा दिने उल्लेख गरेका छैनन् तर एनआइशी एशियाले बेस रेटमा जम्मा १ प्रतिशतमात्रै प्रिमियम जोडेर ब्याज लिने र प्रशासनिक शुल्क पनि ०.२५ प्रतिशतमात्रै लिनेछ । जुन इन्डष्ट्रीकै उच्च फाइदामा पर्दछ । धेरै वाणिज्य बैंकहरूले कार्ड प्रयोगमा पहिलो वर्षमात्रै निःशुल्क सेवा दिने गरेका छन् । तर एनआईसी एशिया बैंकले ५ वर्षका लागि डेबिट कार्ड र मोवाइल तथा इन्टरनेट बैंकिङ निःशुल्क साथै पहिलो वर्ष क्रेडिट कार्डको शुल्कमा शतप्रतिशत छुट गर्नेछ । चेक क्लियरिङ, कनेक्ट आईपीएस लगायतमा स–साना रकम हाम्रो खर्च भइरहेको हुन्छ । यो स–साना रकम हिसाब गर्ने हो भने ठूलो हुन आउछ । तर यस्ता धेरै शुल्कहरू एनआईसी एशिया बैंकले निशुल्क उपलब्ध गराउनेछ । डिम्याट सेवामा लाग्ने शुल्क पुरै छुट, इकमर्स सञ्चालन शुल्क निःशुल्क, कनेक्ट आईपीएस तथा चेक क्लियरिङ निःशुल्क सहितका २४ फाइदाहरू ग्राहकले पाउनेछन् । 

 

एनआईशी एशिया बैंकमा बचत खाता तर्फ आकर्षक फाइदाहरू सहित सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ बाबुनानी बचत खाता, सर्वश्रेष्ठ वैदेशिक रोजगार बचत खाता,  सर्वश्रेष्ठ सामाजिक सुरक्षा बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता सर्वश्रेष्ठ विद्यार्थी बचत खातचा र सर्वश्रेष्ठ विद्यार्थी खाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप