बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्पेनिस ला लिगा : बिल्बाओ र गेटाफेको बराबरी

मङ्गलबार, २१ मङ्सिर २०७८, ०९ : ३७
मङ्गलबार, २१ मङ्सिर २०७८

स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओले रेलिगेसनको दबाबमा रहेको गेटाफेसँग अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

गेटाफेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । बिल्बाओले घरेलु टोली गेटाफेको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । जारी लिगमा बिल्बाओको यो नवौँ बराबरी हो । बिल्बाओ सर्वाधिक बराबरी खेल्ने टोली समेत बनेको छ ।

बिल्बाओपछि भ्यालेन्सिया, मालोर्का र भिल्लारियलले सात सात बराबरी खेलेका छन् । लिगमा गेटाफेको यो पाचौं बराबरी हो । रेफ्रीविरुद्ध लगातार खनिएका गेटाफेका प्रशिक्षक क्वीक सान्चेज फ्लोरेसले खेलको अन्तिममा रातो कार्ड पाएका थिए । बिल्बाओका उनई सिमनो ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै १६ खेलबाट २१ अङ्क बनाएको बिल्बाओ नवौँ स्थानमा छ । गेटाफे रेलिगेसनको तिब्र दबाबमा छ । ११ अङ्क बनाएको गेटाफे १९औं स्थानमा छ । अन्तिम तथा २०औं स्थानमा रहेको लिभान्तेको आठ अङ्क छ । शीर्षस्थानमा रहेको रियल रियल म्याड्रिडको ३९ अङ्क छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अङ्क छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप