शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज डलरको भाउ बढ्यो,  अन्य देशको मुद्राको दर कति  ?

मङ्गलबार, २१ मङ्सिर २०७८, ०८ : १९
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको थियो भने आज यसको दरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर १२० रुपैयाँ ९८ पैसा कायम गरेको

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ०३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६१ पैसा र बिक्री दर १६० रुपैयाँ ४० पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६० पैसा र बिक्री दर ८५ रुपैयाँ ०२ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्री दर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर ३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप