बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस १४ औं महाधिवेशन : विवादमा फस्यो नेपाली जनसम्पर्क समिति जापान

सोमबार, २० मङ्सिर २०७८, २२ : ४५
सोमबार, २० मङ्सिर २०७८

सत्तारुढ दल नेपाली काँग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन गर्ने विषयमा विवाद सृजना भएको छ । संगठनभित्र एउटा पक्षले केन्द्रीय कार्यसमितिको बैठक नै नबसी भर्चुअल माध्यामबाट ७ औं अधिवेशन गराएको आरोप लगाउँदै उपसभापति सुजन जोशी लगायत १९ सदस्यले विरोध जनाएपछि जनसम्पर्क समितिको विवाद बाहिर आएको हो ।

उपसभापति जोशी नेतृत्वको टिमले सोमबार एक विज्ञप्ति जारी नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको भावनामा ठेस पुग्ने गरी भर्चुअल माध्यामबाट अधिवेशन सम्पन्न गरेर पार्टीको १४ महाधिवेशनका प्रतिनिधिहरू आफुहरुले नै घोषणा गरेको भन्दै सो कार्यको घोर भर्त्सना गरेको छ । जारी विज्ञप्तिमा यस्ता गलत प्रवृत्तिबाट घोषणा भएका महाधिवेशन प्रतिनिधिलाई मान्यता नदिन र तत्काल रोक्न अपिल गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप