सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’
सोमबार, २० मङ्सिर २०७८, २१ : १४
सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमार्फत नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा बैंक खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले संचालनमा रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि हो । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिन अन्तराष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याउने बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंक स्थापना भएको १६ वर्ष पुगेको छ । देशभर बैंकका १०४ शाखा र ३१ एटीएम सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन