बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोर नउठाएको नगर प्रमुखको पुत्ला दहन

सोमबार, २० मङ्सिर २०७८, २० : ५९
सोमबार, २० मङ्सिर २०७८

जनकपुर । सीताराम विवाह पञ्चमी महोत्सव भित्रिसक्दा समेत जनकपुरधाम उपमहानगर क्षेत्रमा सरसफाई नभएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको पुत्ला दहन गरेका छन् ।

सीताराम विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा भगवानको डोला लिएर परिक्रमा गर्ने मार्ग नै सरसफाई नभएको र श्रद्धालु भक्तजनलाई कठिनाई भए पनि महानगरले सरसफाईमा ध्यान नदिएपछि विरोधस्वरुप नगर प्रमुखको पुत्ला दहन गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले एक महिनापूर्व नै नगर प्रमुख साहलाई सरसफाईका लागि जानकारी गराउँदा समेत फोहोर नहटाएकाले बाध्य भएर पुत्ला दहन गरेको बताए ।

उनले जनकपुरधाम वडा नम्बर ७ र ४ मा एक महिनादेखि फोहोर उठाउनका लागि उपमहानगरले गाडी नपठाएको बताए ।

जानकी मन्दिरको पहलमा जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहले विवाह पञ्चमीको अवसरमा सरसफाई अभियान चलाए पनि विभिन्न सडकमा फोहोरको डंगुर थुपारिएकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप