शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको फूटसल प्रतियोगिता : बैंक/वित्तीय संस्थाका कर्मचारीले प्रतिष्पर्धा गर्ने

सोमबार, २० मङ्सिर २०७८, २० : ४५
सोमबार, २० मङ्सिर २०७८

कामना सेवा विकास बैंकले पुस दोस्रो साता ‘कामना सेवा फूटसल कप २०२१’ आयोजना गर्ने भएको छ । सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको टीम सहभागी हुने बैंकले जानकारी दिएको छ । 

फूटसल कमिटीमा अखिल नेपाल फुटबल संघ (एन्फा) रहनेछ भने व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ । बैंक सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतले प्रतियोगिता आयोजना घोषणा गरिसकेका छन् । 

बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूमा स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन गर्ने र संस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध बढाउन प्रतियोगितामार्फत सघाउ पुग्ने बैंक सञ्चालक सुवेदीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप