संसद विघटन गर्नु ओलीको गल्ती होइन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले संसद विघटन गरेको बताएका छन् । सोमबार काठमाडौमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेको आरोप पनि लगाए ।
पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उनले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गरे । ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ ?’, महासचिव पोखरेलको प्रश्न छ ।
उनले कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको दावी गरे । उनले त्यस्तो फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको टिप्पणी गरे ।
‘किनकि राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरु हुन् अदालत होइन’ पोखरेलको भनाइ छ । तर उनले नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाए । ‘कसका तर्फबाट ? आज सरकारमा रहेका पार्टीहरूका तर्फबाट त्यस्तो काम भएको छ । गठबन्धनका तर्फबाट हरेक राजनीतिक मुद्दालाई अदालतको विषयवस्तु बनाउने काम भएको छ’, पोखरेलको भनाई छ ।
उनले नेकपा एमालेले राजनीतिक मुद्दालाई अदालतको नभई जनताको विषयवस्तु बनाउन चाहेको दावी गरे । उनले केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले गल्ती ओलीकै भएको भनेर प्रचारबाजी गर्ने गरेपनि त्यसमा सत्यता नरहेको बताए । ‘हो दुई पटक विघटन र पुनःस्थापना पनि भएको हो । तर आज अदालतमा भएको बहसलाई सुन्नुस् त ?’ पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प
-
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु