दोस्रो टेष्टमा भारतको प्रभावशाली जित
मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनको जितेसँगै भारतले सिरिजमा १(० को अग्रता बनाएको छ । यसअघिको टेष्ट भने बराबरी भएको थियो ।
दोस्रो इनिङमा ५४० रनको विशाल लक्ष्य पाएको न्युजिल्याण्ड ५६ ओभर तीन बलमा १६७ रनमा अलआउट भएको थियो । न्युजिल्यान्डका लागि ड्यारी मिचेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै, विकेट किपर हेनरी निकोलासले ४४ रन र विल योङले २० रनको योगदान गरे ।
यता, भारतीय बलर रविचन्द्रन आश्विन र जय यादवले समान ४ विकेट लिए । आश्विनले २२ ओभर ३ बल गर्दै ९ मेडनसहित ३४ रन खर्चिए भने यादवले १४ ओभरमा ४ मेडनसहित ४९ रन खर्च गरे । अक्षर पटेलले १ विकेट लिए ।
यसअघि पहिलो इनिङमा भारतले १०९ ओभर ५ बल खेल्दै ३२५ रन बनाएको थियो । भारतका मयंक अग्रवालले सर्वाधिक १५० रन बनाए । यस्तै, अक्षर पटेलले ५२ रन बनाउँदा शुभमान गिलले ४४ रनको योगदान गरे ।
न्युजिल्यान्डका बलर अजाज पटेल एक्लैले १० विकेट लिएका थिए । ४७ ओभर ५ बल बलिङ गरेका पटेलले १२ मेडन राख्दै ११९ रन खर्चिएर दुर्लभ कीर्तिमान बनाएका थिए । पहिलो इनिङमा न्युजिल्याण्ड ६२ रनमा समेटियो । २८ ओभर १ बलमा अलआउट हुनुअघि न्युजिल्यान्डका केली जामिसनले १७ र कप्तान टम लाथम १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिँदा मोहम्मेद सिराजले ३ विकेट लिए । अक्षर पटेल र जयन्त यादवले एक विकेट लिए ।
दोस्रो इनिङमा भारतले ७० ओभर खेल्दै २७६ रन बनायो । मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाउँदा चेतेश्वर पूजारा र शुभमन गिलले समान ४७ रनको योगदान गरे । कप्तान विराट कोहलीले ३७ रन जोड्दा अक्षर पटल ४१ रनमा अविजित रहे ।
दोस्रो इनिङमा समेत न्युजिल्यान्डका अजाज पटेलले चार विकेट हात पारे । यस्तै रचिम रविन्द्रले तीन विकेट लिए ।
दोस्रो टेष्टको प्लेयर अफ दि म्याच भारतका मयंक अग्रवाल घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई