महेन्द्र पी. लामाको ‘ओ दार्जिलिङ !’
जेएनयुका प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ प्रकाशित भएको छ । पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दामा बढी केन्द्रित छ । साथै, पुस्तकले दार्जिलिङको समृद्ध इतिहासदेखि अन्यौलग्रस्त वर्तमानलाई पनि चित्रण गरेको छ ।
दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति एक शताब्दीदेखि गर्दैआएको संघर्षको झल्को पनि यसमा समेटिएको छ । छिमेकी राज्य सिक्किमसँग जोडिएका प्रसंगहरु पनि पुस्तकमा प्रशस्त छन् ।
‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दालाई टाढाबाट हेर्दा र भित्रै पसी केलाउँदा पाइएका सोच यो पुस्तकमा छ,’ प्राध्यापक लामा भन्छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको चार दशक बढी भएछ । तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्य भने दार्जिलिङकै वरपर छ ।’
किताब पब्लिशर्सले प्रकाशित गरेको ४३० पृष्ठ ‘ओ दार्जिलिङ !’ पुस्तक विभिन्न ६ खण्डमा विभाजित छ । ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ शीर्षकमा लेखन समेटिएको छ । पुस्तकमा समेटिएका आलेख विभिन्न पत्रपत्रिकामा यसअघि प्रकाशन भइसकेका छन् ।
पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– जस्ता बिषय पनि समेटिएका छन् । आफ्नो लेखनीको प्रेरणास्रोत प्यारा पाठकहरु भएको बताउने लामाले दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)