बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति गरेका छौं : माधव नेपाल

सोमबार, २० मङ्सिर २०७८, १३ : ३६
सोमबार, २० मङ्सिर २०७८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्र आगामी उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति भएको दाबी गरेका छन् । यो देशमा गठबन्धनको संस्कार बसेकाले यो तालमेल आगामी चुनावसम्म नटुटनेमा ठुक्क हुन अध्यक्ष नेपालको आग्रह छ ।

विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँग उनले भने, ‘गठबन्धन भित्रका दल आगामी उपनिर्वाचनसम्म चुनावी तालमेल गरेर अगाडि जाने लिखित सहमति भइसकेको छ ।’ गठबन्धनको सरकार निर्माण हुने अवस्था देखिएका धेरै स्थानमा सम्भव भएका सिटहरुमा दाबा गर्नुपर्छ भन्नेमा हाम्रो निष्कर्ष रहेको छ ।’ मिलेरै जाँदामात्र देशमा अब गठबन्धनको सरकार बन्नेपनि अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले ०७४ सालको चुनावमा गठबन्धन गरिएको स्मरण गर्दै प्रश्न गरे, यतिबेला दलहरुले तालमेल गरेर चुनावमा होमिदा ठिक हुने तर अहिले यही तालमेल गरेर चुनावमा जाने भन्दा नाजायज हुन्छ ? भने प्रतिप्रश्न समेत गरे ।  अध्यक्ष नेपालले अर्ली इलेक्सनको सम्भावना भने अहिलेनै नभएको बताए । प्रमुख प्रतिपक्ष एमालेप्रति लक्षित गदै अध्यक्ष नेपाललले भने, ‘आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले सपना देखेका छन् ।’ त्यो विपनामा परिणत हुने अवस्था छैन ।’

अध्यक्ष नेपालले न्यायलयभित्र देखिएको समस्या सावधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरी  रहेको बताए । तर प्रधानमन्त्री देउवा पार्टीको महाधिवेशनका कारण आन्तरिक काममा ब्यस्त हुँदा न्यायलयको समस्या सावधान गर्ने बारेमा विलम्ब हुन गएको बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा गठबन्धन दलहरुबीच अहिलेसम्म छलफल नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप