मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डाँका मुद्दामा २३ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

सोमबार, २० मङ्सिर २०७८, १३ : ०२
सोमबार, २० मङ्सिर २०७८

 काठमाडौंको बसुन्धारा स्थित चेल्सी फाउन्डेशनबाट ३५ वटा ल्यापटप डकैती गरेर भागेका आरोपीलाई प्रहरी पक्राउ गरेको छ । नुवाकोट घर भएका तेज बहादुर मगर उर्फ कुमारलाई सोमबार बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

कुमारले २०७२ मा अमेरिकन कम्पनी चेल्सी फाउन्डेशनको कार्यालबाट विभिन्न कम्पनीका ल्यापटप डकैती गरेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई दुईवटा मुद्दामा २३ लाख जरिवाना हुने फैसला गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका घर भएका कुमारलाई प्रहरीले २०६० मा पनि डाँका मुद्दामा पक्राउ गरेको थियो । उनि त्यसबेला ८ वर्ष जेल बसेर निस्केका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप