काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित, अब महाधिवेशनपछि मात्र हुने

नेपाली काँग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने गरी स्थगित गरेकाे छ । प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएकाे जानकारी गराए । सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरधाममा विवाहपञ्चमी महाेत्सव सुरू भएकोले पार्टीको महाधिशेनपश्चात हुने गरी सबै पक्षसँग सहमति गरेकाे संयोजक रिजालले बताए ।
प्रदेश २ अन्तर्गत सर्लाहीका ४ वटै क्षेत्र, सप्तरीको १ र रौतहटको १ निर्वाचन क्षेत्रबाट मतदाताहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त नभएको र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय अधिवेशन पनि रद्द भएकाले अधिवेशन सर्वसहमतिले स्थगित गरिएको उनले बताए ।
काँग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जनाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति तथा प्रधानमन्त्री शेरवहादुरर देउवाको समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण