राजदूत नियुक्तिमा सांसदले उठाए समावेशिताको प्रश्न
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् ।
उनले भनिन्-सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ ।
यसैगरी एमालेका सांसद सुमनराज प्याकुरेलले भने राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाए ।
उनले भने-राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्काे बैठक बसेर सुनुवाइ अगाडि बढाउँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
