शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो

सोमबार, २० मङ्सिर २०७८, १२ : ३५
सोमबार, २० मङ्सिर २०७८

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।  फेब्रुअरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।  सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप