
अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।
जिल्ला इञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षमा ५५ सदस्यीय र मेल्लेख गाउँपालिकामा ज्वालासिंह साउदको अध्यक्षमा ५५ सदस्यीय र साँफेबगर नगरपालिकामा रंगबहादुर ठकुल्लाको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।
यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा अमर विकको अध्यक्षतामा ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खड्क भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको छ । मंगलसैन नगरपालिकाका राजकुमार सोडारीको अध्यक्षतामा ६५ सदस्यीय तथा तृर्माखाद गाउँपालिकामा मनबहादुर बयकको अध्यक्षतामा ५५ सदस्यीय पालिका संगठन कमिटी गठन गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ