ad
x

फिल्म ‘लाखे’ का लागि अडिसन मार्फत १० कलाकार छानिए

person explore access_timeमंसिर २०, २०७८ chat_bubble_outline0

फिल्म ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री,एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।


फिल्मको पात्र अनुसार अहिले अडिसन दिने मध्येबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राम मार्फत सार्वजनिक गरिनेछ ।’



फिल्मका लागि अडिसन मार्फत पहिलो चरणमा सह– नायिका रक्षा बुढाथोकी,अजय पन्त,उमेश सुनाम,रुपेश झा,चक्र बहादुर बिष्ट,सुजन ए.परियार,श्रवण कुमार राणा,राजन भुजेल,अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढी ब्यक्तिले फिल्मका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरी कार्यकारीले बताए ।



सौगात मल्ल,अनुपविक्रम शाही,आर्यन अधिकारी,अर्पण थापा,सुशील सिटौला,विजय बराल,सुनिल थापा लगायतका कलाकारको अभिनय रहने फिल्मका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।



ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते भने । दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको फिल्मको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।



ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X