सहयोग माग्दै देउवाले भने– फेरि सभापति भएर अझै राम्रो काम गर्न चाहन्छु
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकपटक फेरि सभापतिमा भएर काम गर्न चाहेको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले फेरि अन्तिम पटकका लागि फेरि सभापति हुन चाहेको बताए ।
उनले भने, ‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु।’ त्यसका लागि आफूलाई सहयोग गर्न देउवाले सबैलाई आग्रह पनि गरे ।
‘मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु,’ सञ्चारकर्मीसँग देउवाले भने, ‘तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् ।’ साथै उनले आसन्न १४ औं महाधिवेशनमा काँग्रेसले शक्ति प्रदर्शन गरेर जनतालाई दुःख दिने पक्षमा नरहेको बताए ।
‘हामी महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन् । अहिले कोरोनाको नयाँ भेरियन्ट आइसकेको छ। त्यसैले काँग्रेसले त्यो जोखिम मोल्दैन। काँग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन,’ देउवाको भनाइ थियो ।
झापादेखि दार्चुलासम्मका मान्छे काँग्रेसले काठमाडौंमा उतार्न सक्ने भएपनि महामारी फैलिन सक्ने कुरामा आफूहरु सजक रहेको बताए । ‘हामी पनि झापादेखि दार्चुलासम्मका मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैन,’ देउवाले भने ।
यस्तै प्रधानमन्त्री देउवाले मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनका तर्फबाट मुलुकको नेतृत्व गरेको बताए । ‘म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण