बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

योगेश भट्टराईले भने- एमाले र गैँडा समान छ, जाइलाग्नेलाई छोड्दैन

सोमबार, २० मङ्सिर २०७८, ११ : ४५
सोमबार, २० मङ्सिर २०७८

नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने  चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्क्याए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिए । 

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ  महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’ 

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उनले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको बताए । 
ताजा जनादेशबाट एमालेले सरकार बनाउने बताउँदै उनले पाँच दलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप