बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी ‘बन्दुके सांसद’, जसको फोटोले अमेरिकी तर्सिंदैछन्

सोमबार, २० मङ्सिर २०७८, ११ : २३
सोमबार, २० मङ्सिर २०७८

एक सांसदले सामाजिक सञ्जालमा राखेको तस्बिर लिएर यतिखेर अमेरिकी समाज कटाक्षमा उत्रिएको छ । रिपब्लिकन सांसद थोमस म्यासीको परिवारका सबै सदस्यले अत्याधुनिक स्वचालित राइफललगायत हतियार बोकेर खिचेको फोटोलाई लिएर अमेरिकामा हंगामा मच्चिएको हो । 

सो तस्वीरमा अमेरिकी सांसद र उनको परिवारका सबै सदस्यले सैनिक झैँ बन्दुक बोकेर सोफा÷वरपर बसेको देखिन्छ । एक विद्यालयमा फायरिङ हुनुभन्दा पछिल्लो दिन थोमसले सो तस्वीर सामाजिक सञ्जालमा हालेका थिए । उनले क्याप्सनमा लेखेका छन्, ‘मेरी क्रिसमस ! सान्ता, कृपया लिएर आउनू !’

सोही तस्वीरलाई लिएर अहिले ती सांसद र अमेरिकी समाजको आलोचना भएको हो । सांसद थोमसले भने सो तस्वीरलाई लिएर भएका समर्थन र आलोचनालाई पनि रिट्वीट गरिरहेका छन् । ट्वीटर प्रयोगकर्ताहरूले यो निकै संवेदनाहीन भएको लेखिरहेका छन् । 

थोमस रिपब्लिकन सांसद हुन् । सोही पार्टीका डोनाल्ड ट्रम्पले राष्ट्रपति रहँदा कोरोना भाइरस नियन्त्रणनिम्ति लगाइएको लकडाउनविरुद्ध आफ्ना समर्थनकलाई हतियारसहित प्रदर्शनमा उतारेका थिए । 

सांसद थोमसले यस्तो तस्वीर सार्वजनिक गर्नुभन्दा एक दिनअघि मिचिगनको एक स्कूलमा गोलाबारी भएको थियो । सो बन्दुक आतंकमा चार बालबालिकाको ज्यान गएको थियो भने अन्य सातजना घाइते भएका थिए । १५ वर्षीय किशोर विद्यार्थीले आफ्नो बाबुको बन्दूक स्कूलमा ल्याएर आक्रमण गरेका थिए ।

बन्दुक आक्रमणका बढेपछि अमेरिकामा यससम्बन्धी कानून संशोधनबारे बहस छेडिएको छ । बन्दुक आक्रमण हुँदा अमेरिकामा सन् २०१८ मा ४० हजार, २०१९ मा १४ हजार ४०० र सन् २०२० मा २० हजार मानिसले ज्यान गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप