
काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ । कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पार्किङ गरी राखेको सो म मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । सोही उजुरीको आधारमा सवारीधनी गुप्त प्रसाद मिश्रलाई आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ