शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको देवदहमा रहेको एक कलर हाउसमा आगलागी

सोमबार, २० मङ्सिर २०७८, १० : ५७
सोमबार, २० मङ्सिर २०७८

रुपन्देहीको देवदह नगरपालिका  एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा  आज बिहान  विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको  बताए ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताए । क्षतिको  पुर्ण विवरण आउन बाँकी रहेको  छ । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको दावी गरेका छन् । प्रहरीले   भने अनुसन्धान  जारी रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप