शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नियमित भेटघाट रोकेर ‘प्रचण्ड’ सम्मेलन केन्द्रीत काममा

सोमबार, २० मङ्सिर २०७८, १० : ५०
सोमबार, २० मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित भेटघाट रोकेर सम्मेलन केन्द्रीत काममा लागेका छन् । माओवादीको प्रदेश सम्मेलन आगामी मंसिर २५ गते हुँदैछ । त्यसका लागि आवश्यक दस्तावेज लेखन तथा राजनीतिक प्रतिवेदनहरू तयार गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले नियमित भेटघाट बन्द गरेको उनको नीजि सचिवालयले जनाएको छ ।

‘२५ गते प्रदेश सम्मेलनको तयारी गर्नुपर्ने भएकाले केही दिन उहाँले नियमित भेटघाटलाई समय दिन नसक्ने बताउनुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘एकान्त बास नै त के भनौँ तर नियमित भेटघाट चाहीं बन्द हो ।’

यसैबीच माओवादीले प्रदेश सम्मेलन अघि स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले पुसमा हुने राष्ट्रिय सम्मेलनमार्फत विधानमा सामान्य संशोधन गर्ने तयारी गरिरहेको छ ।

त्यसका लागि राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरिसकेको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप