शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता खतिवडाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सोमबार, २० मङ्सिर २०७८, १० : १७
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

युवा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् । खतिवडा १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप