जीवनमन्त्र : साथी वा जीवनसाथीको इच्छा पूरा गर्ने कोसिस पक्कै गर्नुहोस्
महाभारतमा वनवासका बेला एकपटक द्रोपदीले भीमसँग एउटा अचम्मको कलमको फूल मागिन् । द्रौपदीले उक्त फूललाई एउटा तालमा तैरिरहेको देखेकी थिइन् । भीमले उक्त कमलको फूलबारे पत्ता लगाए । कैलाश पर्वतमा कुबेरको पोखरीमा त्यो फूल पाइने गर्दथ्यो ।
भीमले कुबेरलाई तालबाट द्रौपदीलाई त्यो फूल ल्याएर दिए । यसका लागि युद्ध पनि भयो । तर भीमले द्रौपदीको त्यो इच्छा पूरा गरे ।
यस्तै, अर्को घटना रामायणको पनि छ । पंचवटीमा सुनौलो मृग देखेर सीताले रामलाई आफूलाई त्यो हरिण चाहिएको बताएकी थिइन् । राम त्यो हरिणको पिछा लागे । यद्यपि, त्यो हरिण थिएन, हरिणको रुपमा मरिच नामको राक्षस थियो ।
पाठः
यदि जीवनसाथीले केही माग्छ भने त्यसलाई पूरा गर्ने कोसिस गर्नुपर्छ । यो हाम्रो जिम्मेवारी पनि हो र यसमा स्नेह र प्रेम पनि लुकेको छ । जीवनसाथी अर्थात् श्रीमानको श्रीमती र श्रीमतीको श्रीमानमाथि एक अर्कासँग केही माग गर्ने अधिकार हुन्छ । माग चाहे जेसुकै होस् श्रीमान् वा श्रीमतीले जीवनसाथीको आफ्नो हैसियत र क्षमताको हिसाबले त्यसलाई पूरा गर्ने कोसिस गर्नुपर्ने कर्तव्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता