शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलले ठक्कर दिनेलाई भगाएको भन्दै रौतहटमा प्रहरीविरुद्ध आन्दोलन

सोमबार, २० मङ्सिर २०७८, ०९ : ३३
सोमबार, २० मङ्सिर २०७८

रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएपछि प्रहरीले चालकलाई भगाएको भन्दै प्रहरीविरुद्ध आन्दोलन सुरु भएको छ । ठक्करबाट दुर्गा भगवती ३ मत्सरीको १६ वर्षीय सन्तकुमार झाको मृत्यु भएपछि चालकलाई प्रहरीले भगाएको भन्दै मृतकका आफन्त तथा स्थानीय  पिपरा गौर सडक खण्डमा टायर बालेर बाटो  अवरुद्ध गरि प्रदर्शनमा  उत्रेका छन्  ।

 दुर्गा भगवती गाउँपालिका ३ घर भएका चन्द्रकिशोर झाको १६ बर्षीय छोरा सन्तकुमार झालाई संस्कृत माध्यमिक विद्यालय मत्सरी नजिक नम्वर खुलेको मोटरसाइकलले शनिवार दिउँसो ३ बजे  ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

टाउकोमा चोट लागेका झालाई गाउँमा सामान्य उपचारपछि थप उपचारको क्रममा  काठमाडौं ल्याइएको थियो । शनिवार राति १ बजे काठमाडौंमा उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । 

प्रहरीले सिसिटिभी फुटेजमा बालकलाई  ठक्कर दिने सनराइज बैंक दुर्गा भगवती शाखामा कार्यरत गार्ड गंगा पिपराका  रविन्द्र साह रहेको पुष्टि गरेका थिए । बालकको मृत्यु भएपछि प्रहरीले निजलाई नियन्त्रणमा जाँदा उनी भग्न सफल भएको प्रहरीले जनाएको छ।

आरोपीको  पहिचान पछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा आइतबार आरोपी साह बैंकबाट हाम फालेर भागेको प्रहरीले जनाएको छ ।ठक्कर दिने रविन्द्र साहलाई अविलम्ब पक्राउ गर्नुपर्ने मागसहित सोमबार बिहान ८ बजेदेखि बाटो अवरुद्ध गरेर मृतकका आफन्तहरु अहिले गंगपिपरामा प्रदर्शन गरिरहेका छन् ।


जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले आरोपीलाई पक्राउ गर्नेबारे प्रहरी गम्भीर रहेको र मृतकका आफन्तसँग वार्ता भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप