बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुम कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

सोमबार, २० मङ्सिर २०७८, ०८ : ५७
सोमबार, २० मङ्सिर २०७८

काठमाडौं । तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । गएराति झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए ।

कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ । नाइके र कैदीबन्दीको बिचमा झगडा भएको प्रारम्भिक सोधपुछबाट थाहा भएको निमित्त जेलर हरिकृष्ण ढकालले रातोपाटीलाई बताए ।

कारागारका जेलर गणेश न्यौपाने बिदामा छन् । झगडा गर्ने दुवै पक्षसँग छलफलपछि समस्या समाधानको निकास खोजिने निमित्त जेलर ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप