युनाइटेड र टोटनहम विजयी
सोमबार, २० मङ्सिर २०७८, ०७ : ३९
इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।
अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ । घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ । टोटनहम २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी