शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

सोमबार, २० मङ्सिर २०७८, ०६ : ४५
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। 

शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन् । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन्।

रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोगेका छन्। शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्। उनलाई गृहमन्त्री बालकृष्ण खाण, पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल, किशोर सिंह राठौर समर्थन गरेका थिए। 

पुन समूहलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए। उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्।

श्रेष्ठले ८४७  मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्। 

महिला सहमहामन्त्रीमा पनि पुन प्यानलकै निमा गिरी विजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। ​भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप