शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी अपडेट :  १०८६ मत गन्दा पुनको अग्रता कायमै, शाहले कति मत पाए ?

आइतबार, १९ मङ्सिर २०७८, २३ : ४७
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै छ । राती साढे ११ बजेसम्म १ हजार ८६ मत गणना हुँदा पुनले ९२ मतले अग्रता लिएका छन्। उनले शुरुदेखि अग्रता लिँदै आएका छन् ।

सभापति पदका उम्मेदवार पुनले ५४९ मत र देउवा समूहका उम्मेदवार भरतकुमार शाहले ४५७ मत प्राप्त गरेका छन्।  पदाधिकारी तथा सदस्य सबै पदमा पुन प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।  

यहि रफ्तारमा गणना हुने र अन्य समस्या नआए सोमबार बिहान ८–९ बजे सम्ममा परिणाम आउनसक्ने प्रमुख निर्वाचन अधिकृत डा.बुद्धबहादुर थापाले जानकारी दिए ।

लुम्बिनीमा पौडेल पक्षका ९ जिल्ला सभापति र देउवा पक्षका २ जिल्ला सभापति यसअघि नै जित हासिल गरिसकेका छन् भने बाँके जिल्लामा जिल्ला अधिवेशन  हुन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप