प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित
आइतबार, १९ मङ्सिर २०७८, २३ : २५
प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ ।
अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्षसहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ । सम्मेलनमा देशैभरबाट ७०० जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी