बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश

आइतबार, १९ मङ्सिर २०७८, २२ : १५
आइतबार, १९ मङ्सिर २०७८

लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश गरेकी छन् । गायिका भण्डारीले  अमेरिकामा बस्ने प्रभात अधिकारीसँग आइतबार बुटवलमा विवाह गरेकी हुन् । प्रभात पाल्पाका युवक हुन् ।

सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी भण्डारीले दर्जनौ व्यावसायिक गीतहरूमा पनि स्वर दिएकी छन् । प्रियालाई आशीर्वाद दिन एमालेका खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल लगायतका नेताहरु बुटवल पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप