ad
x

केपी ओलीलाई भीम रावलको जवाफ : संसद अवरुद्ध गर्ने भन्नुको औचित्य छैन

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेकपा (एमाले) नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्ने भन्नुको औचित्य नरहेको बताएका छन् ।  अध्यक्ष केपी शर्मा ओलीले शनिबारमात्रै आगामी २८ गतेबाट बस्न लागेको संसद बैठक अवरुद्ध गर्ने संकेत गरेका थिए । त्यसको जवाफ दिदै नेता रावलले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्ने नभए संसद् बैठक अवरोधको अर्थ नहुने टिप्पणी गरेका हुन् ।


‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरुद्ध गरेको भन्नुको औचित्य छैन’ नेता रावलले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैँ ठहर्छ ।’



नेकपा एमालेले आफुले कारवाही गरेका माधव नेपाल लगायतलाई निर्वाचन आयोगले पार्टी खोल्न मान्यता दिएको भन्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।