शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोटेश्वरको गेष्ट हाउसमा २ बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

आइतबार, १९ मङ्सिर २०७८, २१ : २५
आइतबार, १९ मङ्सिर २०७८

काठमाडौंको कोटेश्वर स्थित गेष्ट हाउसमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली साह छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मंसिर १५ मा कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसबाट १२ वर्षीया र १५ वर्षीया बालिकालाई उद्दार गरेको थियो । ती बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
मकवानपुरबाट दुई बालिकालाई फकाएर ल्याएर शाहले बलात्कार गरेको सुराक पाएपछि प्रहरीले गेष्ट हाउसमा छापा मारेर बालिकालाई उद्दार गरेको हो । बालिकाका आफन्तलाई उनले काठमाडौंमा लगेर ‘पढाउन’ भनेर ल्याएका थिए ।

माइती नेपालले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत बानेश्वरले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शाह मकवानपुर स्थित पीडितको घरमा गइरहन्थे । त्यहाँबाट बस चढाएर काठमाडौं ल्याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप