बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा पक्षीय बानियाँ १ सय १ मतले अगाडि

आइतबार, १९ मङ्सिर २०७८, २१ : ११
आइतबार, १९ मङ्सिर २०७८

काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । 

सभापति पदको १३०८ मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँले ७०१ मत ल्याएका छन्  भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ५९९ मत ल्याएका छन् ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप