लुम्बिनी अपडेट : पौडेल समूहका पुनको अग्रता, देउवा पक्षका शाहले कति मत पाए ?
आइतबार, १९ मङ्सिर २०७८, २० : २८
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् ।
१ हजार ६३१ मत खसेकोमा ७३० को गणनामा पुनले ४०२ मतको अग्रता लिएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ३२४ मत पाएका छन् । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।
पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी चुनावी मैदानमा छन् ।
शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर