३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ
त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।
झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’को समूहका अग्रवाललाई आपराधिक समूह स्थापना गरेर सुनको अवैध चोरी पैठारी र निकासी गरेको अभियोगमा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो ।
विमानस्थलबाट पास भएपछि हराएको भनिएको ३३ किलो सुनमा अग्रवालको पनि लगानी रहेको सुन तस्करी छानविन गर्न गठित समितीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन