शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती अपडेटः ४०० मत गन्दा पनि केसीको अग्रता कायमै

आइतबार, १९ मङ्सिर २०७८, १९ : ५५
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसीको अग्रता कायमै छ । उनले २१६ मत पाउँदा इन्द्र बानियाँले १८२ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ । 
यसअघि १०० मत गन्दा केसी पछि परेका थिए भने २०० मत गन्दाचाहिँ अग्रता बनाएका थिए ।  अहिले काठमाडौंको मतगणना भइरहेकाले केसीले अग्रता बनाएको बताइएको छ । 

यसअघि शनिबार भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानियाँबीचबाट सभापति चयन गर्न आइतबार पुनः मतदान भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप